श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै « Khabarhub

श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– मानव सेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुने भएको छ । 

मानव सेवा प्रवर्द्धन महाअभियानको नेतृत्व गर्दै आएको मानव सेवा आश्रमले आज पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका–१५ मा आश्रमको आफ्नै भवन निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त महायज्ञ गर्न लागिएको जानकारी दिएको हो। 

बेसहारा ९सडक० मानवलाई सेवा प्रदान गर्न, धनगढी क्षेत्रसहित समग्र सुदूरपश्चिम प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउन, ज्येष्ठ नागरिकहरूका लागि मनोरञ्जन केन्द्र स्थापना गर्न, मानवता अध्ययन केन्द्र स्थापनालगायत मुख्य उद्देश्य राखी महायज्ञ गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए । उनले महायज्ञ सफल बनाएर मानवताको सेवामा जुट्न सबैलाई आग्रह गरे ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रवर्द्धन अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे । यही माघ ३० गतेसम्म हुने सञ्चालन हुने महायज्ञमा कमलनयन गौतमबाट श्रीमद्भागवत कथा वाचन हुनेछ । 

भजनकीर्तन, योग शिविर, विद्यार्थीमाझ सकारात्मक सोच र मानवता प्रवर्द्धन एवं व्यावहारिक शैक्षिक ज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महयज्ञमा तुलादान, पितृ उद्धार, धान्याञ्चल, पञ्चायन पूजा, लक्षवर्तिका, ग्रहशान्ति, ८४ पूजालगायत गतिविधि पनि गर्न लागिएको छ । 

हालसम्म आश्रमले आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने केही नभएका ११ हजार एक सय सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानव)को उद्धार गरेको छ । यीमध्ये पाँच हजार जतिको सामुदायिक तथा पारिवारिक पुनर्मिलन गराएको छ । हाल यो आश्रमका विभिन्न जिल्लाका शाखामा झन्डै दुई हजारले सहारा लिइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा घर भाडामा लिई सञ्चालित आश्रमको शाखामा हालसम्म चार सय बेसहारा, असहाय, अभिभावकविहीनको उद्धार गरिसकेको छभने हाल ८० जनाले सहारा लिइरहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ४४ बजे

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको