अमेरिकालाई चीनले भन्यो- अतिरिक्त कर लगाउने निर्णयको जवाफ दिनेछौँ « Khabarhub

अमेरिकालाई चीनले भन्यो- अतिरिक्त कर लगाउने निर्णयको जवाफ दिनेछौँ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । यसलाई लिएर चीनको वाणिज्य मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ। जसमा अमेरिकी कदमविरुद्ध उचित जवाफी कदम चाल्ने उल्लेख छ ।

चीनको वाणिज्य मन्त्रालयले आइतबार एक वक्तव्यमा भनेको छ, ‘चीन यस कदमबाट पूरा असन्तुष्ट छ। चीन यसको कडा विरोध गर्छ ।’

चीनले वक्तव्यमा अमेरिकी कदमलाई विश्व व्यापार संगठनको नियमको‘गम्भीर उल्लंघन’ भनेको छ ।

चीनले यस किसिमको निर्णयले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई हानी पुर्‍याउने जनाएको छ ।

चीन अब अमेरिकाको ‘गलत व्यवहार’विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने तयारीमा छ । चीनले आफ्नो हित र अधिकारका लागि जवाफी कदम चाल्ने पनि उल्लेख गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘चीन अमेरिकासँग गलत पद्धति सुधार्न अपील गर्दछ । अहिले देखिएका समस्या सामना गर्न चीनसँग मिलेर काम गर्नु उचित हुन्छ ।’

चीनले अमेरिकालाई अगाडि भनेको छ, ‘पारस्परिक लाभ, सम्मान र समानताका आधारमा मतभेद हटाउँदै आपसी सहयोग बलियो बनाउका लागि काम गरौँ ।’

यसअघि ट्यारिफको मामिलामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा वाणिज्य मन्त्रालयका प्रवक्ता ही यादोङको भनाइ प्रकाशित भएको थियो ।

यसमा ट्यारिफले न त ची या अमेरिका न त बाँकी विश्वकै हितको अनुकुल रहेको टिप्पणी चीनको थियो ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रूथ सामाजिक सञ्जालमा ट्यारिफ लगाउने निर्णय अन्तरराष्ट्रिय आपातकालीन आर्थिक शक्ति अधिनियम (आईईईपीए) अनुसार गरिएको बताएका थिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : २४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण