न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन | Khabarhub Khabarhub

न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।  

आइतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतिले उनको नाम अनुमोदन गरेको हो । न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।  

त्यसअघि बैठकमा संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायपरिषद् सदस्य खड्काले आफ्नो कार्य योजना प्रस्तुत गर्दै न्यायपालिकाको छवि अभिवृद्धि गर्ने र न्यायालयको सुधार र गरिमा कायम प्रतिबद्धता जनाए ।

संविधान र कानूनप्रति आस्था राख्दै स्वतन्त्र पूर्वक काम गर्ने उनले बताए । उनले न्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा स्थापित सिफारिसका आधारलाई पारदर्शी बनाउने प्रयास रहने उल्लेख गरे ।  

पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ०८ बजे

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु

पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग

काठमाडौं– पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं– पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण