माधव नेपालको आरोप- सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने « Khabarhub

माधव नेपालको आरोप- सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पालास्थित सिद्धबाबा सुरुङ छेड्दै नछेडी प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गरेको बताएका छन् ।

पार्टीको सङ्घीय सम्पर्क कमिटी प्रथम सम्मेलनलाई आइतबार कोटेश्वरस्थित एक रेस्टुररेन्टमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्माणका लागि अझै तीन वर्ष लाग्ने सुरुङबारे धेरै हल्ला गरिएको बताए ।

‘सिद्धबाबाको सुरुङ निर्माण सकिएकै छैन । तर छेड्दै नछेडी ब्रेक थ्रु भयो भनेर हल्ला गरिरहेका छन्’, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै भने, ‘अझै तीन वर्ष लाग्ने काम अहिले नै सकियो भनेर मैले गरेको भन्दै हल्ला गरेका छन् ।’

उनले मध्यपहाडी राजमार्गमा ४२ वटा सहर बनाउने भनेर एउटा पनि नबनाएको आरोप पनि लगाए । भ्यू टावरका नाममा पैसा उडाउनेले पालिकामा अस्पताल बनाउने भनेर अलपत्र छाडेको पनि बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-दोभान सडकखण्डमा निर्माण भएको सिद्धाबाबा सुरुङमार्गको गत माघ ११ गते भर्चुअल ब्रेक थ्रु (छिचोल्ने काम) घोषणा गरेका थिए ।

प्रधानमन्त्री ओलीले अस्वस्थ भएपछि भर्चुअल माध्यमबाटै सिद्धाबाबाको मुख्य सुरूङमार्ग ब्रेक थ्रु गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : १३ बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट