बल्छी र राजु मास्टरले ल्याए ‘हल्का रमाइलो’, जिग्री र पाँडेले पनि नयाँ ल्याउने « Khabarhub

बल्छी र राजु मास्टरले ल्याए ‘हल्का रमाइलो’, जिग्री र पाँडेले पनि नयाँ ल्याउने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बाहिरिएको टिम नयाँ टेलिसिरियल ‘हल्का रमाइलो’का साथ दर्शकमाझ आएको छ ।

नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८ः५० बजे प्रशारण हुने गरी राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)को लेखन तथा निर्देशनमा ‘हल्का रमाइलो’ दर्शकमाझ आएको हो ।

हल्का रमाइलोको पहिलो भाग प्रसारण भएसँगै यसको चौतफी चर्चा चुलिएको छ । ‘हल्का रमाइलो’को पहिलो भागमा ग्रामिण परिवेशलाई समेटिएको छ । टेलिसिरियलमा सामाजिक कुरीतिहरुलाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गरिने ‘हल्का रमाइलो’को लेखक तथा निर्देशक मरिचान श्रेष्ठ (बल्छी ध्रुबे) बताए ।

यसअघि टेलिसिरियल भाद्र १ गते गतेबाटै प्रसारणमा ल्याउने निर्माण पक्षले तयारी गरेको भए पनि प्राविधिक कारणले भदौ २२ गतेबाट मात्र प्रसारणमा आएको जनाएको छ । निर्माण पक्षले टेलिसिरियलबारे सल्लाह र सुझावको अपेक्षा राखेको छ ।

यसैबीच चर्चित अर्को हास्य टेलिसिरियल भद्रगोलबाट बाहिरिएका अर्जुन घिमिरे (पाँडे)  र कुमार कट्टेल (जिग्री)लगायतको पुरानै टिमले पनि नयाँ हास्य टेलिसिरियल ल्याउने भएका छन् ।

असोज २ गतेदेखि विहीबार राति ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने उनीहरुले जनाएका छन् । ‘टिम त्यही, थीम त्यही तर फरक नाममा’ दर्शकमाझ आउने उनीहरुले जनाए पनि टेलिसिरियलको नाम चाहि सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : १८ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म