कञ्चनपुरमा पाटेबाघ मृत फेला « Khabarhub

कञ्चनपुरमा पाटेबाघ मृत फेला


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सडेगलेको अवस्थामा बाघ फेला परेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको रहेको छ । “अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,” उनले भने ।

खरमा आगो लाग्दा बाघको शरिरको आधा भाग जलेको उनले बताए । झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो । समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : ३२ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य