जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो « Khabarhub

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिन लम्बिएको छ । अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि छलफल सम्पन्न नभएकाले बैठक सोमबार पुनः बस्ने भएको हो ।

शनिबारदेखि ललितपुरको बालकुमारीमा जारी बैठकमा सङ्गठन सुदृढीकरणका लागि चार महिनायता सञ्चालन भइरहेको अभियानको समीक्षा गरिएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ । बैठकमा पार्टीका प्रदेश, जिल्ला र पालिकास्तरका अधिवेशन आगामी वैशाखसम्म सम्पन्न गर्न निर्देशन दिइएको अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

बैठकमा सङ्गठनको जिम्मेवारी हेरफेर, विभागीय नेतृत्व बाँडफाँट तथा केन्द्रीय सल्लाहकार समिति गठनबारे छलफल भएको छ । कार्यकारिणी समितिमा नयाँ सदस्य समावेश गर्न गठित कार्यदलको प्रतिवेदनमाथि सोमबार थप बहस हुने जनाइएको छ ।

सोमबारको बैठकले मधेश केन्द्रित दलहरूसँग संयुक्त मोर्चा निर्माण, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाबारे निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ९ : ४८ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा