इंग्लिस प्रिमियर लिग : आर्सनलसँग म्यानचेस्टर सिटी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलसँग म्यानचेस्टर सिटी पराजित


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई ५–१ गोलले हराउँदै आर्सनलले सानदार जित निकालेको हो ।

आर्सनलका लागि मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले एक–एक गोल गरेका थिए । सिटीका लागि एर्लिङ हालान्डले गोल फर्काए ।

यो जितसँगै २४ खेलबाट ५० अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको सिटी ४१ अंकका साथ चौथो स्थानमा छ । २३ खेल खेलेको लिभरपुल ५६ अंकसहित शीर्षस्थानमा छ ।

दोस्रो मिनेटमा नै कप्तान मार्टिन ओडेगार्डले काई हार्भाटेजको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएको खेलको ५५औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल गरेका थिए । त्यसको लगत्तै थोमस पार्टीले आर्सनललाई अग्रता दिलाएका हुन् ।

६२औँ मिनेटमा १८ वर्षीय मेल्स लेविस स्केलीले गोल गरे । १४ मिनेट बाँकी रहँदा हार्भाटेजले गोल थपे । १७ वर्षीय एथान नोनेरीले इन्जुरी समयमा डेकलन राइसको पासमा आर्सनलको लागि अर्को गोल गरे ।

यस्तै, आइतबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले पनि पराजयको सामना गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग २–० गोलले पराजित भएको हो । क्रिस्टल प्यालेसका लागि दुवै गोल जियान फिलिप माटेटाले गोल गरेका थिए । पछिल्ला ६ सिजनमा ओल्ड ट्रायफोर्डमा क्रिस्टलको यो चौथो जित हो । टोटनहाम हट्सपरले पनि ब्रेन्टफोर्डलाई २–० गोलले नै हरायो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : २६ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर