स्पेनिस ला लिगामा बार्सिलोनाको जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगामा बार्सिलोनाको जित


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई १-० ले हराएको छ।

बार्सिलोनाका लागि ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरे। पेड्रीको पासमा राफिन्हाले प्रहार गरेको बल लेडवास्कीसम्म आइपुगेको थियो। उनले सोही अवसरलाई गोलमा परिणत गरे।

स्पेनिस ला लिगका आइतबार भएका अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २-१ ले तथा ओसासुनाले रियल सोसिडाडलाई २-१ ले हराए। रियल बेटिस र एथलेटिक क्लब बिचको खेलमा २-२ गोलको बराबरी भयो।

ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४९, दोस्रो स्थानको एट्लटिको म्याड्रिडको ४८ तथा बार्सिलोनाको ४५ अंक छ। चौथो स्थानको एथलेटिक क्लबको ४१ अङ्क छ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ३७ बजे

जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा छौँ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जनतालाई केन्द्रमा राखेर

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

सुर्खेत– कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् ।