पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्ने | Khabarhub Khabarhub

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ । संसारभर कच्चा तेलको मूल्य बढेको भन्दै पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको हो ।

पाकिस्तानबाट प्रसारण हुने समा टिभीका अनुसार सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, डिजलको मूल्यमा ६ रुपैयाँ वृद्धि हुने जनाइएको छ ।

हाल पाकिस्तानमा पेट्रोलको मूल्य २ सय ५६ रुपैयाँ १३ पैसा प्रतिलिटर तोकिएको छ भने डिजलको मूल्य २ सय ६० रुपैयाँ ९५ पैसा रहेको छ । पछिल्लो समय आर्थिक समस्यामा फसेको पाकिस्तानमा उच्च मूल्यवृद्धि देखिएको छ ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै पारवहन खर्च पनि बढ्ने र त्यसले अन्य वस्तुको मूल्य पनि बढाउने चिन्ता व्यक्त गरिएको छ । पाकिस्तानमा जारी आर्थिक समस्याको सबैभन्दा ठूलो असर निम्न वर्गका जनतामा परेको जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : ३२ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान