पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्ने « Khabarhub

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ । संसारभर कच्चा तेलको मूल्य बढेको भन्दै पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको हो ।

पाकिस्तानबाट प्रसारण हुने समा टिभीका अनुसार सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, डिजलको मूल्यमा ६ रुपैयाँ वृद्धि हुने जनाइएको छ ।

हाल पाकिस्तानमा पेट्रोलको मूल्य २ सय ५६ रुपैयाँ १३ पैसा प्रतिलिटर तोकिएको छ भने डिजलको मूल्य २ सय ६० रुपैयाँ ९५ पैसा रहेको छ । पछिल्लो समय आर्थिक समस्यामा फसेको पाकिस्तानमा उच्च मूल्यवृद्धि देखिएको छ ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै पारवहन खर्च पनि बढ्ने र त्यसले अन्य वस्तुको मूल्य पनि बढाउने चिन्ता व्यक्त गरिएको छ । पाकिस्तानमा जारी आर्थिक समस्याको सबैभन्दा ठूलो असर निम्न वर्गका जनतामा परेको जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : ३२ बजे

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर