चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने « Khabarhub

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि सञ्चालनमा आउन लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको उक्त पुलले चीनको सीमावर्ती सहर डान्दोङलाई उत्तर कोरियासँग जोड्नेछ । उत्तर कोरियातर्फ सडक तथा भन्सारसम्बन्धी पूर्वाधारको अभावका कारण पुल सञ्चालनमा ढिलाइ भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो । कोरोना महामारीका बेला बन्द भएका दुई देशबीचका रेल सेवा छ वर्षपछि गत मार्चमा पुनः सञ्चालनमा आएका थिए ।

नयाँ पुलले दशकौँ पुरानो र सीमित क्षमता भएको चीन–कोरिया मैत्री पुलको विकल्पका रूपमा काम गर्नेछ । अनुसन्धानकर्ता आन चान–इलका अनुसार नयाँ पुलबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्न सक्नेछन् । यसले चीनबाट उत्तर कोरियामा वस्तु तथा स्रोतसाधन आपूर्ति सहज बनाउँदै त्यहाँको अर्थतन्त्रलाई सहयोग पुर्‍याउन सक्ने उनले बताए।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पुल सञ्चालनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उत्तर कोरियाले भने चिनियाँ पर्यटकका लागि भिसा जारी गर्न सुरु गरेको छैन ।

उत्तर कोरिया र रुसबीच पहिलो सडक पुल सञ्चालनमा आएको एक महिनापछि चीनसँगको यो पुल खुल्न लागेको हो । विश्लेषकहरूका अनुसार रुससँगको व्यापारमा सैन्य सामग्रीको भूमिका प्रमुख रहे पनि चीनसँगको व्यापारले उत्तर कोरियाको नागरिक अर्थतन्त्रका लागि आवश्यक वस्तुको आपूर्ति सहज बनाउन सक्छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १२ : ४८ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर