नोबेल मेडिकल कलेज : न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि प्रयोगमा  « Khabarhub

नोबेल मेडिकल कलेज : न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि प्रयोगमा 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौँ बिरामीको सफल उपचार गरेको छ । 

अत्याधुनिक प्रविधिको प्रयोग गरी न्यूरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया सम्पन्न गरिँदै आएको मेडिकल कलेजले जनाएको छ ।

न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव हुने गर्छ ।

नोबेल मेडिकल कलेजमा वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा.प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ । उनकाअनुसार न्यूरो इन्ट्राअप्रेटिभ प्रविधिबाट ब्रेन ट्यूमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्यूमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्यूरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ ।

नेपालमै पहिलो पटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध छ । जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ । नेपाल र भारतका हजारौँ बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन् ।

आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्यूरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नोबेल मेडिकल कलेजमा नेपाली कांग्रेसका नेता सांसद डा. सुनिल शर्माको लगानी रहेको छ । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् ।

शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा.शर्माले नोबेल मेडिकल कलेजमा भने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क क्याबिन राखेका छन् । साथै, डा. शर्माको काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निःशुल्क उपचार हुँदै आएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : ५७ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स