क्यानडालाई ट्रम्पको चेतावनी- धेरै बोले अझै कर बढाउँछु « Khabarhub

क्यानडालाई ट्रम्पको चेतावनी- धेरै बोले अझै कर बढाउँछु


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाइएको करविरुद्ध बाेलिरहे क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् ।

क्यानडाले आफूविरुद्ध लगाइएको प्रतिशत बराबरको कर अमेरिकाविरुद्ध लगाउने घोषणा गरेपछि ट्रम्पले यस्तो चेनावनी दिएका हुन् ।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानडाले अमेरिकाका तर्फबाट लगाइएको करमाथि जवाफी कारबाही गरिरहे क्यानडमाथि थप कर लगाइने छ ।’

ट्रम्पले क्यानडामाथि २५ प्रतिशत कर लगाएका थिए । त्यसपछि क्यानडाले पनि अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

बीबीसी हिन्दीको अनलाइन संस्करणमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले उत्तरी छिमेकी मुलुकहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेको बताएको समाचार प्रकाशित छ ।

‘म क्यानडाका नागरिकसँग माया गर्छु । म क्यानडाका नेताहरूसँग सहमत छैन । त्यहाँ केही हुनेवाला छ,’ ट्रम्पले भनेका छन् ।

उनले क्यानडाले खेल्न चाहेको खेलका प्रति आफूहलाई कुनै आपत्ति नभएको र उसले खेल्न चाहेको खेलका लागि आफू तयार रहेकोसमेत बताएका छन् ।

‘यदि क्यानडा खेल खेल्न चाहन्छ भने मलाई कुनै आपत्ति छैन,’ अमेरिकाको राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उसले जे खेल चाहेको छ, हामी तयार छौँ ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : ५६ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन