क्यानडालाई ट्रम्पको चेतावनी- धेरै बोले अझै कर बढाउँछु « Khabarhub

क्यानडालाई ट्रम्पको चेतावनी- धेरै बोले अझै कर बढाउँछु


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाइएको करविरुद्ध बाेलिरहे क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् ।

क्यानडाले आफूविरुद्ध लगाइएको प्रतिशत बराबरको कर अमेरिकाविरुद्ध लगाउने घोषणा गरेपछि ट्रम्पले यस्तो चेनावनी दिएका हुन् ।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानडाले अमेरिकाका तर्फबाट लगाइएको करमाथि जवाफी कारबाही गरिरहे क्यानडमाथि थप कर लगाइने छ ।’

ट्रम्पले क्यानडामाथि २५ प्रतिशत कर लगाएका थिए । त्यसपछि क्यानडाले पनि अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

बीबीसी हिन्दीको अनलाइन संस्करणमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले उत्तरी छिमेकी मुलुकहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेको बताएको समाचार प्रकाशित छ ।

‘म क्यानडाका नागरिकसँग माया गर्छु । म क्यानडाका नेताहरूसँग सहमत छैन । त्यहाँ केही हुनेवाला छ,’ ट्रम्पले भनेका छन् ।

उनले क्यानडाले खेल्न चाहेको खेलका प्रति आफूहलाई कुनै आपत्ति नभएको र उसले खेल्न चाहेको खेलका लागि आफू तयार रहेकोसमेत बताएका छन् ।

‘यदि क्यानडा खेल खेल्न चाहन्छ भने मलाई कुनै आपत्ति छैन,’ अमेरिकाको राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उसले जे खेल चाहेको छ, हामी तयार छौँ ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : ५६ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।