आवासीय चिकित्सकले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने  « Khabarhub

आवासीय चिकित्सकले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । 

सरकारले घोषण गरेको पारिश्रमिक विरुद्ध विगत ६ दिनदेखि आन्दोलन गर्दै आएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । 

नेपालका विभिन्न मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्टहरूको हकहितका लागि आवाज उठाउँदै आन्दोलन गर्दै आएको समितिले आज एक विज्ञप्ति जारी गर्दै देशभरका डाक्टरहरूलाई माइतीघर मण्डलामा आएर आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ। 

छैटौँ दिनसम्म आन्दोलन गर्दा समेत राज्य मौन बसेको भन्दै देशैभरका सम्पूर्ण इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकहरू मिलेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागिएको र माग पुरा नहुँदासम्म सेतो कोटमा माइतीघर मण्डलामा उपस्थित हुने समितिका प्रवक्ता डाक्टर सञ्जय बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

उक्त आन्दोलनमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी, चिकित्सक तथा चिकित्सकका अधिकार स्थापित गर्न स्थापना भएका सङ्घ सङ्गठनहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ । समितिको नेतृत्वमा काठमाडौँमा माइतीघर मण्डलामा धर्ना दिनुका साथै आफू कार्यरत मेडिकल कलेजमा विरोध प्रदर्शन गर्दै आएका छन् । 

उनीहरूले ओपीडी सेवा बहिस्कार गर्नुका साथै पेन डाउन गर्दै विरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सरकारले माग सम्बोधनका लागि कुनै निर्णय नगरेको प्रवक्ता बरालले बताए ।

सरकार र चिकित्सा शिक्षा आयोगले आफ्नो अधिकार सुनिश्चित गर्न र आफूहरूमाथि भएको चरम श्रम शोषण बन्द गराउने निर्णय नगर्दा सम्म विरोधका कार्यक्रम बढाउँदै जाने निर्णय गरिएको प्रवक्ता बरालले बताए । श्रम शोषण र आत्मसम्मानमाथिको गम्भीर प्रहारविरुद्धको लडाइँका कारण परिरहेको अप्ठ्यारोबारे सबैले बुझिदिन समेत अनुरोध गरिएको छ । 

समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले गरेको तीन बुँदे निर्णय खारेज गर्नुपर्ने माग गरेको छ । सारा नेपाली डाक्टरहरूको अपमान भएको बताउँदै समितिले उक्त निर्णयहरू खारेज हुनुपर्ने माग अघि सारेको हो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ४३ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन