जिल्ला सभापतिहरूलाई पढाउन पोखरामा जुट्यो कांग्रेस | Khabarhub Khabarhub

जिल्ला सभापतिहरूलाई पढाउन पोखरामा जुट्यो कांग्रेस


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले जिल्ला नेतृत्वलाई संगठन र समसामयिक सन्दर्भमा ‘पढाउन’ कास्कीको पोखरामा जम्मा गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले ७७ वटै जिल्लाका सभापतिहरूलाई ‘पढाउन’ पोखरा बोलाएको हो ।

दुई दिनसम्म चल्ने ‘पढाइ’का लागि कांग्रेसले सभापतिहरूसँगै जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका ७७ वटै जिल्लाका उपसभापतिहरूलाई पनि पोखरा बोलाएको छ । कांग्रेसका दुई उपसभापतिमध्ये एक जनालाई जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी हुन्छ ।

पोखराको केसी क्याटरिङमा ‘जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा र प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले सभापतिका रूपमा सम्बोधन गरे ।

कांग्रेस कास्की सभापति किशोरदत्त बरालले स्वागत गरेको अभिमुखीकरण उद्घाटन समारोहमा सहभागी केन्द्रीय कार्यसमितिका पदाधिकरी, केन्द्रीय सदस्यलगायत नेताहरूलाई यथास्थानमा आशन गराइएको छ ।



यस्तै संघीय सरकारका मन्त्रीहरू, पार्टीको प्रदेश कार्यसमितिका सभापतिहरू, प्रदेशका मुख्यमन्त्रीहरू, ‘पढाउन’ बोलाइएका जिल्ला सभापतिहरू, उपसभापति लगायत अन्यलाई पनि केन्द्रीय पदाधिकारीसरह हलमा यथास्थनमै आशन गराइएको छ ।

कांग्रेसले ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिुमुखीकरण दिन मंगलबार दिउँसोबाट बन्दसत्र सुरु गर्दै छ । बन्दसत्रमा ६ जनाले ‘प्रशिक्षण’ दिने कार्यतालिका छ ।

कार्यतालिकाअनुसार पहिलो ‘सेसन’मा प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

त्यसपछि प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गर्ने तालिका छ ।

तेस्रो ‘सेसन’ मा प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयक कार्यपत्र प्रस्तुत गर्ने छन् ।



पोखरेलपछि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठद्वारा ‘नेपालमा संघीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।

चारवटै कार्यपत्रमाथिको छलफलपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जिल्ला सभापति र उपसभापतिहरूलाई प्रशिक्षण दिने छन् ।

कार्यतालिकाअनुसार महामन्त्री शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्दाहरुमा र अर्का महामन्त्री थापाले पार्टी संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्धबारे जानकारी दिने छन् । कार्यपत्र प्रस्तुत गर्ने चारजना र महामन्त्रीहरूलाई ४०–४० मिनेटको समय छुट्टयाइएको छ ।

कांग्रेसले बुधबार बिहानदेखि समूह बाँडेर गरेर समूहगत छलफल गर्दै छ । पहिलो दिन प्रस्तुत गरिएका विषयहरूमा बुधबार बिहान ९ बजेदेखि छलफल गरेर प्रतिवेदन तयार गरिने बताइएको छ ।

यस्तै, जिल्ला पार्टी संगठन एवम् प्रशिक्षणसँग सम्बन्धित समस्यालगायत विषयमा छलफल गरेर समाधानसहितको सुझाव–प्रतिवेदन तयार गरिने कार्यतालिका रहेको प्रतिष्ठानका एक सदस्यले जानकारी दिएका छन् ।

तयार पारिएका प्रतिवेदनहरू बुधबार दिउँसो १ बजेबाट सुरु हुने दोस्रो सत्रमा प्रस्तुत गरिने छ । प्रस्तुतिका लागि प्रस्तुतकर्तालाई १० मिनेट छुट्याइएको छ ।

कार्यतालिकाअनुसार पार्टीको कास्की जिल्ला प्रशिक्षण शाखा प्रमुखले ४ मिनेट धन्यवाद मन्तव्य राखेपछि उपसभापति खड्काले बोलेर अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने छ ।

यसअघि कांग्रेसले पोखरामै सोमबार सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि प्रशिक्षण दिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ५६ बजे

इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ

एजेन्सी– इजरायलले ५० दिनदेखि गाजा पट्टीमा सबै प्रकारका सहायताको प्रवेश

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए

धनुषा – धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण

करिब ३ सय २३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय

‘केमेस्ट्री’ पढेका लक्ष्मी सर, जसको केपी ओलीसँग ‘केमेस्ट्री’ मिलेन

काठमाडौं– विगत २१ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनका मुख्य कमाण्डर

प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार साउदी अरबको जेद्दाहका लागि