उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन भियतनाम जाँदै « Khabarhub

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन भियतनाम जाँदै


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भियतनामको विदेश मन्त्रालयले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भियतनामको भ्रमण गर्ने घोषणा गरेको छ । भियतनामको सरकारी समाचार संस्थाले जनाएअनुसार सर्वोच्च नेता किमले आगामी दिनमा भियतनामको भ्रमण गर्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोश्रो शिखर वार्ताअघि किमले भियतनामको भ्रमण गर्न लागेका हुन् । भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा महासचित न्गुएन फु थोङ्गको निमन्त्रणामा किमले भियतनाम जान लागेको जनाइएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम तथा अमेरिकी राष्ट्रपति ट्रम्पबीचको दोश्रो शिखर वार्ता आगामी फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा शिखर वार्ता गर्दैछन् । किमको भ्रमणका लागि भियतनामले राजधानी हनोईमा फेब्रुअरी २६ का लागि ट्राफिक तथा सुरक्षा व्यवस्थामा कडाई गर्ने जनाइएको छ ।

यसअघि किम रेलमार्गबाट चीन हुँदै भियतनाम आउने तयारी भइरहेको समाचार सार्वजनिक भएको थियो । भियतनामका अधिकारीले त्यसबारे कुनै टिप्पणी नगरेको बताइएको छ ।

यता उत्तर कोरियाली सरकारी समाचार संस्थाले भने हालसम्म किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोश्रो शिखर वार्ता वा भियतनाम भ्रमणबारे कुनै समाचार सम्प्रेषण नगरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : २६ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग