घरेलु भूमिमा नेपालको लज्जास्पद प्रदर्शन, चौथो खेलमा पनि पराजित | Khabarhub Khabarhub

घरेलु भूमिमा नेपालको लज्जास्पद प्रदर्शन, चौथो खेलमा पनि पराजित


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खलाको चौथो खेलमा पनि घरेलु टोली नेपाल पराजित भएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भएको हो । पराजयसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । थाइल्यान्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो । थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिइन् । 

नेपालले अव बुधबार नेदरल्यान्ड्स र अन्तिम खेलमा थाइल्यान्डसँग खेल्ने छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : २५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित