घरेलु भूमिमा नेपालको लज्जास्पद प्रदर्शन, चौथो खेलमा पनि पराजित « Khabarhub

घरेलु भूमिमा नेपालको लज्जास्पद प्रदर्शन, चौथो खेलमा पनि पराजित


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खलाको चौथो खेलमा पनि घरेलु टोली नेपाल पराजित भएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भएको हो । पराजयसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । थाइल्यान्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो । थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिइन् । 

नेपालले अव बुधबार नेदरल्यान्ड्स र अन्तिम खेलमा थाइल्यान्डसँग खेल्ने छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : २५ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा