महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै « Khabarhub

महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने तयारी छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा दुई चरणमा सञ्चालन गरिने खोप अभियानअन्तर्गत ४५ हजार चार सय ६४ जना किशोरीलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको हो । पहिलो चरणको खोप बिहीबार सुरु हुँदै छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहभित्रका किशोरीलाई खोप दिइँदै छ । खोप दिइने विद्यालयका छात्रा ३६ हजार ६० र विद्यालय बाहिरका किशोरी आठ हजार चार सय ६८ रहेका कार्यालय प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए।

जिल्लाका सात स्थानीय तहमा पहिलो चरणमा बिहीबारदेखि ३० गतेसम्म खोप सञ्चालन हुने कार्यालयले जनाएको छ । जलेश्वर, लोहारपट्टी, मनराशिशवा र मटिहानी नगरपालिका तथा पिपरा, एकडारा र महोत्तरी गाउँपालिकालमा पहिलो चरणमा खोप कार्यक्रम रहेको वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिए । यसरी पहिलो चरणमा १९ हजार ६९ जना किशोरीलाई एचपिभी खोप दिइने कार्यालयले जनाएको छ ।

यसैगरी दोस्रो चरणअन्तर्गत आगामी फागुन २ गतेदेखि आठ गतेसम्म सञ्चालन गरिने भएको छ । दोस्रो चरणअन्तर्गत जिल्लाका भङ्गाहा, बर्दिबास, रामगोपालपुर, बलवा, औरही र गौशाला नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका समावेश छन् ।

यस चरणमा २६ हजार तीन सय ९५ जना किशोरीलाई खोप लगाइने वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिए। जिल्लामा खोप दिइने सबैभन्दा बढी बर्दिबास नगरपालिकामा चार हजार नौ सय ८६ र सबैभन्दा कम महोत्तरी गाउँपालिकामा एक हजार सात सय १७ किशोरी छन् ।

जिल्लाका छ कक्षादेखि १० सम्म पठनपाठन हुने सबै विद्यालय र विद्यालय बाहिरका किशोरीलाई लक्षित गरी बस्तीबस्तीमा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । जम्मा चार सय दुई खोप केन्द्र व्यवस्था गरिएको साहको भनाइ छ । 

खोप सञ्चालनका लागि हरेक केन्द्रमा एक सुपरभाइजर, एक भ्याक्सिनेटर र दुई स्वयंसेवकसहित चार जनाको जनशक्ति परिचालन गरिने कार्यालयले स्पष्ट गरेको छ । यो अभियानमा लक्षित समूहभित्रका कोही किशोरी नछुटुन् भनी प्रचारप्रसार गरिएको जानकारी दिँदै कार्यालय प्रमुख साहले यस अभियानमा साथ दिन सबैसँग अनुरोध गरे।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : २९ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका