आतंकवादी आक्रमणमा परी बुर्किना फासोमा २९ जनाको मृत्यु « Khabarhub

आतंकवादी आक्रमणमा परी बुर्किना फासोमा २९ जनाको मृत्यु


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो–  आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी बुर्किना फासोमा २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो । पहिलो आतङ्ककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको थियो । यस आक्रमणमा परी १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए ।

सोही समयमा खाद्यान्न बोकेको एक साइकल यात्रीलाई लक्ष्य गरी गरिएको आतङ्ककारी आक्रमणमा परी १४ जनाको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका थिए ।

सरकारले यस्ता घटनाहरू दोहोरिन नदिन कदम चाल्ने शपथ लिनुको साथै सैनिक परिचालन बढाएको छ ।

सन् २०१५ यता बुर्किना फासो आतंङ्कवादी हमलाहरूमा ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । यी आतङ्ककारी आक्रमणका कारण २ लाख ८० हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

केही दिन अघि पनि बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको वक्तव्यमा सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : ४६ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व