विद्यालयका कक्षाकोठामै पुर्‍याइयो एचपीभी खोप  « Khabarhub

विद्यालयका कक्षाकोठामै पुर्‍याइयो एचपीभी खोप 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी किशोरीहरूलाई विद्यालयका कक्षा-कोठामै पुगेर एचपीभी खोप लगाउन थालिएको छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा मंगलबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउने कार्य जारी रहेको  छ । 

जनस्वास्थ्य कार्यालय दोलखाले जिल्लाका नौ पालिकाका कक्षा ६/१० सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने १०/१४ वर्ष उमेर समूहका किशोरीहरुलाइ एचपीभी खोप दिन सुरु गरेको हो ।

जनस्वास्थ्य कार्यालय दोलखाको तथ्यांकअनुसार सुरुको दिन जिल्लाका तिन हजार छ सय ५१ जना किशोरी विद्यार्थीलाई खोप लगाइएको थियो । दोस्रो दिन बुधबार एक हजार चार सय ६९ जना किशोरी विद्यार्थी तथा विद्यालय नजाने किशोरीहरूलाई खोप लगाइएको छ ।

दोस्रो दिन बुधबार जिल्लाको भीमेश्वर नगरपालिकाको तिन सय १२ जना, वैतेश्वर गाउँपालिकाका एक सय दुई जना, शैलुङ गाउँपालिकाका एक सय १८ जना किशोरीहरूलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी भवन भाटले बताए।

त्यसैगरी बुधबार नै जिल्लाको विगु गाउँपालिका दुई सय २० जना, मेलुङ गाउँपालिका एक सय २४ जना, तामाकोशी गाउँपालिकाका एक सय २८ जना, कालिञ्चाेक गाउँपालिकाका एक सय ८६ जना र गौरीशंकर गाउँपालिका एक सय ३३ जना गरी एक हजार तिन सय ३२ जना किशोरी विद्यार्थीहरूलाई विद्यालयका कक्षामै पुगेर स्वास्थ्यकर्मीहरुले क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका हुन् ।

जिल्लाको जिरी नगरपालिकामा बुधबार एक सय ४६ जना विद्यार्थी तथा किशोरीलाई खोप लगाइएको छ ।

जनस्वास्थ्य कार्यालयले यस वर्ष पहिलो चरणमा  जिल्लाभरका छ हजार पाँच सय ३० जना विद्यालय छात्रा किशोरी तथा विद्यालय नजाने किशोरीहरूलाई खोप दिने लक्ष्य रहेको जनाएको छ ।

जस अनुसार कक्षा ६ मा अध्ययनरत एक हजार तिन सय ४४ जना,कक्षा ७ देखि १० सम्मका पाँच हजार एक  सय एक जना  र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ९१ जना किशोरीलाई खोप लगाइने छ ।

कार्यालयले खोप लगाउन खोप केन्द्र सम्बन्धी विद्यालयमा एक सय ५९ र अन्य स्वास्थ्य संस्थामा ७० वटागरि दुई सय २९ वटा खोप केन्द्रमार्फत सम्बन्धी पालिकाका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र विद्यालय नर्सहरूलाई खोप कर्ताको रूपमा प्रत्येक विद्यालयमा मंगलबारदेखि नै खटाएको छ।

विद्यालयमै क्यान्सर जस्तो जटिल रोगको खोप लगाउन पाएपछि जिल्लाका किशोरी विद्यार्थी हर्षित हुँदै खोप कार्यक्रममा सहभागी भएर खोप लगाएका छन् ।

दुई दिनको अवधिमा जिल्लाका पाँच हजार एक सय २० जनालाई खोप लगाइएको छ भने,बाकी रहेका विद्यालयमा माघ २६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । -सुबास बस्नेत

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ५० बजे

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

एसियाली खेलकुद : महिला क्रिकेट छनोटमा आज चीनसँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा ताताे हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल