अर्जुन ट्रफी : डडेल्धुरा र धनगढी सेमिफाइनलमा | Khabarhub Khabarhub

अर्जुन ट्रफी : डडेल्धुरा र धनगढी सेमिफाइनलमा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

फाप्ला – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात पारेपछि फ्रेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाइनल पुुगेका छन् ।

समूह ए मा रहेको बोष्टन क्रिकेट झापाले घोडाघोडी–११ माथि एक रनको रोमाञ्चक जित हासिल गरेपछि धनगढी र डडेल्धुरा अन्तिम चारमा पुगेका हुन् ।

समान चार अङ्क रहेको फेण्ड्स युथ क्लब डडेल्धुरा दुई खेलमा दुई जितसहित रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ । डिसिए धनगढी तीन खेलमा दुई जित र एक हारसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

तीन खेलमा दुई हार र एक जितसहित बोष्टन क्रिकेट झापा दुई अङ्कसहित तेस्रो स्थानमा रहेर प्रतियोगिता सक्काएको छ । डडेल्धुरा र घोडाघोडी–११ ले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा घोडाघोडी–११ ले जित हात पार्दा पनि शीर्ष दुईभित्र नपर्ने भएकाले डडेल्धुरा र धनगढी अन्तिम चारमा प्रवेश गरेका हुन् ।

आज भएको दोस्रो खेलमा फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै बोष्टन क्रिकेट झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय ६१ रन बनायो ।

झापाका लागि रोशन शाहले विष्फोटक पारी खेल्दै १५ बलमा ४१ रन बनाए । उनले ५ छक्का र एक चौका प्रहार गरे । यस्तै झापाका लागि अभिषेक कार्कीले १८ बलमा अविजित ३७ रन, रोहन विकले पनि ३७ रन र पवन कार्कीले २० रन बनाए ।

घोडाघोडी–११ का लागि कप्तान शेर मल्लले दुई विकेट लिए । नरबहादुर सार्की, नरेन साउद, आयुव चन्द र सौर्य श्रेष्ठले एकरएक विकेट लिए । एक सय ६२ रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी–११ ले निर्धारित २० ओभरमा सात विकेट क्षतिमा एक सय ६० रनमात्रै बनाउन सक्यो ।

त्यसका लागि दिनेश रावतले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको सामना गर्दै पाँच छक्का र चार चौका हानेका थिए । यस्तै आयुव चन्दले २४ रन, दीपक टमाट्टाले १९ रन र कप्तान शेर मल्लले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो रनअङ्क छुन सकेनन् ।

झापाका लागि अभिषेक कार्कीले तीन विकेट लिए । अरूण ऐरी र रमेश भट्टले एक÷एक विकेट लिए । खेलमा १५ बलमा ४१ रन बनाएका झापाका रोशन शाह प्लेयर अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए । नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद रू १० लाख र उपविजेताले नगद रू पाँच लाखसहित ट्रफी पाउनेछन् ।

गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रू एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रू ५०/५० हजार पाउनेछन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : १० बजे

कांग्रेसका यी नेता किन बोक्छन् टिकटिके मोबाइल ? (भिडियोसहित)

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन्

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई