लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी « Khabarhub

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्ने बताएका छन् ।

ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरस्थित टुङ्गुन खोलामा बनेको पक्की पुल आज उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले राज्यको निकायबाट ललितपुरको सहरी भेगलाई हेरेर दक्षिण ललितपुरको विकास हुन नसक्ने भन्दै दक्षिण ललितपुरको कृषि, पशुपन्छी व्यवसायका साथै पर्यटनको विकासका लागि सडकको स्तरोन्नति गरी वैकल्पिक राजमार्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

“हामीले यहाँ केराऊ, तोरी राम्रोसँग फैलिएको देख्यौँ, जसले कृषिकर्म गर्छ, उसलाई हामीले प्रोत्साहन गर्नुपर्छ”, मन्त्री अधिकारीले भने । उनले कृषि व्यवसाय, चिया, कफी, जडीबुटी र पशुपन्छीपालनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैक्षेत्र ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले अलपत्र अवस्थामा रहेको पुलको निर्माणका लागि गाउँपालिकाको वर्तमान नेतृत्वले गरेको प्रयासको प्रशंसा गरे । उनले लेले चन्दनपुर सडकलाई वैकल्पिक राजमार्गका रूपमा सडक निर्माणका लागि शीर्षक नै छुट्याएर बजेट विनियोजन गराउन पहल गर्ने बताए ।

लेले चन्दनपुर सडकको चन्दनपुर बजारको टुङ्गुन खोलामा निर्माण भएको पुल आत्रेय निर्माण सेवा प्रालि सिन्धुलीले टेन्डर प्राप्तगरी कूल रू तीन करोड ३२ लाख ३५ हजार तीन सय १५ को लागतमा निर्माण सम्पन्न गरेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले जानकारी गराए । विसं २०७७ भदौ १७ बाट काम सुरू भएको पुल निर्माण कार्य यही २०८१ भदौ २५ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ४० बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप