‘मम्मी’को प्रिमियर : जब सुलक्षण रिसाएर हलबाट निस्किए, प्रियंकाले कार्यक्रम नै रोकिन् « Khabarhub

‘मम्मी’को प्रिमियर : जब सुलक्षण रिसाएर हलबाट निस्किए, प्रियंकाले कार्यक्रम नै रोकिन्


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक समर निरौलाको फिल्म ‘मम्मी’को प्रिमियरमा एक अप्रिय दृश्य देखियो ।

सुन्धारास्थित एक हलमा फिल्मका कलाकार र प्राविधिकहरूको परिचयपछि फिल्म प्रिमियर हुनै लागेको थियो । नायिका प्रियंका कार्की आक्रोशित मुद्रामा यता उता-यता हतारमा हिँड्न लागिन् ।

प्रिमियरको मुख्य आकर्षणमा रहेकी नायिका आक्रोश भएपछि उनीतर सबैको ध्यान गयो । अनि उनको आक्रोशको कारण थाहा भयो– नायक सुलक्षण भारती ।

नायक भारती फिल्म प्रिमियर हुनुअघि नै हलबाट बाहिरिएपछि यो खैलाबैला भएको हो । भारती हलबाट बाहिरिनुको कारण रहेछ– बोल्न नदिनू ।

प्रिमियरको कार्यक्रम सञ्चालक जेनिशा मोक्तान थिइन् । उनले फिल्म निर्देशक, नायिकाद्वय प्रियंका र दिया मास्केलाई अगाडि बोलाएर बोल्न दिइन् । भारतीलाई भने अगाडि मात्रै बोलाइन् तर बोल्न दिइनन् ।

फिल्मका केन्द्रीय पात्र रहेका भारतीलाई ‘बोल्न नदिनु’ अपमान लागेछ । उनी हलबाट बाहिरिए ।

प्रियंकालाई पनि भारतीलाई बोल्न नदिएको असन्तुष्टि रहेछ । भारतीको कदम सही लागेछ । उनले निर्देशकलाई फिर्ता बोलाउन दबाब दिइन् । यही लिङ्गरिङले लाइट बन्द भइ पर्दामा फिल्म सुरु हुन लाग्दै थियो । एकछिन कार्यक्रम रोकिए जस्तै भयो ।

पछि निर्देशक र निर्माता पूर्णिमा जोशीले भारतीलाई हलमा फर्काए । प्रियंका पनि खुसी देखिइन् । उनी भन्दै थिइन्, ‘मलाई रिस उठ्यो भने त यस्तै हो ।’

हलमा फर्किएपछि भारतीलाई बोल्न दिइयो । उनले आफ्नो रिस निर्देशकप्रति सांकेतिक रुपमा पोखे । भने, ‘भाइ (समर)ले फिल्म राम्रो बनाएको होला ।’

उनले फिल्मसँग जोडिएका स्पोन्सरप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो भनाइ सक्काए । फिल्मको कलाकार र निर्माण पक्षको नोकझोकको यो अप्रिय दृश्यपछि प्रिमियर सुरु भयो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ०४ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले