‘काठमाडौँ पिंक केयरएथन’ हुँदै  « Khabarhub

‘काठमाडौँ पिंक केयरएथन’ हुँदै 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ गते ‘काठमाडौँ पिंक केयरएथन’ हुने भएको छ । 

लेजर पोर्ट नेपालले  यो कार्यक्रम गर्न लागेको हो । काठमाडौँ पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ। 

जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । 

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यस पटक पच्चिस सयदेखि तिन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ । कलाकार उषा रजकलाई काठमाडौँ पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ ।

यसअघि काठमाडौँ पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यस पटक अझ नेपालीपन झल्किने गरी काठमाडौँ पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो । 

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्षसम्म लगातार आयोजना गरिएको काठमाडौँ पिंकाथन कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको थियो । यो वर्ष इभेन्ट भव्यरुपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : २६ बजे

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा