ललितपुर जीवित म्युजियम भएको पर्यटनमन्त्री भट्टराईको भनाइ | Khabarhub Khabarhub

ललितपुर जीवित म्युजियम भएको पर्यटनमन्त्री भट्टराईको भनाइ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गरेका छन् ।

मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा सोमबारबाट सुरु भएको चार दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा चित्रण गरेका हुन् ।

उनले ललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको पनि स्पष्ट पारे । मन्त्री भट्टराईले कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको स्मरण गरे । उनले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको पनि बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएकाले यसको संरक्षणमा लागी परेको बताए । उनले कला र संस्कृतिको मूल थलोको रुपमा रहेको ललितपुरलाई त्यसकै माध्यमबाट समृद्ध बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

चार दिनसम्म चल्ने प्रर्दशनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका मुलुकको पनि स्टल राखिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  २ : ४५ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण