आफूले पढेको विद्यालयलाई खेल मैदान र स्टेज निर्माण « Khabarhub

आफूले पढेको विद्यालयलाई खेल मैदान र स्टेज निर्माण


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनकुटा – सेवानिवृत्त बेलायती सेना विश्वासदीप तिगेलाले छथर जोरपाटी गाउँपालिका–१ स्थित आफूले अध्ययन गरेको विद्यालय भारती उच्च माध्यमिक विद्यालयका नाममा जग्गा खरिद गरी खेलमैदान, स्टेजलगायतका पूर्वाधार निर्माण गरेका छन् ।

पछिल्लो समय बेलायतमै बस्दै आएका तिगेलाले करिब रु एक लाख ५० हजारमा जग्गा खरिद गरी रु पाँच लाख बराबरको खेलमैदान र स्टेज भवन निर्माण गर्नुभएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर लिम्बूले जानकारी दिए ।

सो संरचनाहरु तिगेलाले गत सोमबार एक औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरे । उक्त संरचनाको उद्घाटन छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता खेवाले गरे ।

खेल मैदान र स्टेज भवनको कागजपत्र जग्गादाता तिगेला र धर्मपत्नी भोजकुमारी थोक्लेनले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमकुमार लिम्बू र प्रधानाध्यापक भीमबहादुर लिम्बूलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष खेवाले विद्यालयको सुधार र उन्नतिका लागि सहयोग गर्नुहुने तिगेलालाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिले उक्त खेलमैदानलाई विश्वासदीप तिगेला खेलमैदान नामकरण गरेको प्रधानाध्यापक लिम्बूले बताए।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ८ : ४१ बजे

इरान-अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतालाई चीनको समर्थन

बेइजिङ- चीनले इरान र अमेरिकाबीच जारी तनाव समाधानका लागि पाकिस्तानसहित अन्य

संसद्‌मा सांसदहरूको माग- यस वर्ष मल अभाव नहोस् 

काठमाडौं– प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै

गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ 

काठमाडौं– पछिल्लो समय धेरै महिलाहरू र किशोरीहरूले भि-वास  प्रयोग गर्दा

उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह

 काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग

नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु  

काठमाडौं– सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया