आफूले पढेको विद्यालयलाई खेल मैदान र स्टेज निर्माण « Khabarhub

आफूले पढेको विद्यालयलाई खेल मैदान र स्टेज निर्माण


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनकुटा – सेवानिवृत्त बेलायती सेना विश्वासदीप तिगेलाले छथर जोरपाटी गाउँपालिका–१ स्थित आफूले अध्ययन गरेको विद्यालय भारती उच्च माध्यमिक विद्यालयका नाममा जग्गा खरिद गरी खेलमैदान, स्टेजलगायतका पूर्वाधार निर्माण गरेका छन् ।

पछिल्लो समय बेलायतमै बस्दै आएका तिगेलाले करिब रु एक लाख ५० हजारमा जग्गा खरिद गरी रु पाँच लाख बराबरको खेलमैदान र स्टेज भवन निर्माण गर्नुभएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर लिम्बूले जानकारी दिए ।

सो संरचनाहरु तिगेलाले गत सोमबार एक औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरे । उक्त संरचनाको उद्घाटन छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता खेवाले गरे ।

खेल मैदान र स्टेज भवनको कागजपत्र जग्गादाता तिगेला र धर्मपत्नी भोजकुमारी थोक्लेनले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमकुमार लिम्बू र प्रधानाध्यापक भीमबहादुर लिम्बूलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष खेवाले विद्यालयको सुधार र उन्नतिका लागि सहयोग गर्नुहुने तिगेलालाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिले उक्त खेलमैदानलाई विश्वासदीप तिगेला खेलमैदान नामकरण गरेको प्रधानाध्यापक लिम्बूले बताए।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ८ : ४१ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी