सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् « Khabarhub

सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस्


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले अत्याचार गरेको भन्दै संघीय संसद्मा विरोध भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा सरकारको भूमिकालाई लिएर निन्दा गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न छाडेर जातीय विभेदलाई राज्यसंयन्त्रबाटै संरक्षण गर्नु संविधान र मानव अधिकारको उल्लंघन भनेका छन् ।

सांसद नारायणी शर्माले उमेर पुगेका बयस्क नागरिकलाई आफ्नो फैसला गर्ने अधिकार रहेको बताउँदै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गरेको ज्यादतीको निन्दा गरिन्।

‘अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा अपहेलित गरिएकोमा निन्दा गर्छु’, उनले भनिन्, ‘सरकारको यो कदम निन्दनीय छ ।’

त्यसैगरी सांसद प्रकाश ज्वालाले सत्येन्द्र र नेहाको बिहेलाई सर्वोच्च अदालतले पनि वैधानिक दिइसकेको अवस्थामा गृहमन्त्रीले गरेको हस्तक्षेपको भर्त्सना गरे ।

‘यो प्रकरण विवाहित जोडीमाथि अत्याचार गर्न निर्देशन दिने गृहमन्त्री (रमेश लेखक) र आईजीपी (वसन्त कुँवर) लाई कारबाही होस्’, उनले भने, ‘भारतको मुम्बईबाट पनि पक्राउ गरेर ल्याएपछि दुवैलाई यातना दिइएको छ । यस प्रकरणमा निर्नेदशन दिने गृहमन्त्री र गैरकानुनी कारबाही चलाउने आईजीपीमाथि छानबिन गरी कारबाही होस् ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : ०० बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट