सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् | Khabarhub Khabarhub

सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस्


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले अत्याचार गरेको भन्दै संघीय संसद्मा विरोध भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा सरकारको भूमिकालाई लिएर निन्दा गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न छाडेर जातीय विभेदलाई राज्यसंयन्त्रबाटै संरक्षण गर्नु संविधान र मानव अधिकारको उल्लंघन भनेका छन् ।

सांसद नारायणी शर्माले उमेर पुगेका बयस्क नागरिकलाई आफ्नो फैसला गर्ने अधिकार रहेको बताउँदै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गरेको ज्यादतीको निन्दा गरिन्।

‘अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा अपहेलित गरिएकोमा निन्दा गर्छु’, उनले भनिन्, ‘सरकारको यो कदम निन्दनीय छ ।’

त्यसैगरी सांसद प्रकाश ज्वालाले सत्येन्द्र र नेहाको बिहेलाई सर्वोच्च अदालतले पनि वैधानिक दिइसकेको अवस्थामा गृहमन्त्रीले गरेको हस्तक्षेपको भर्त्सना गरे ।

‘यो प्रकरण विवाहित जोडीमाथि अत्याचार गर्न निर्देशन दिने गृहमन्त्री (रमेश लेखक) र आईजीपी (वसन्त कुँवर) लाई कारबाही होस्’, उनले भने, ‘भारतको मुम्बईबाट पनि पक्राउ गरेर ल्याएपछि दुवैलाई यातना दिइएको छ । यस प्रकरणमा निर्नेदशन दिने गृहमन्त्री र गैरकानुनी कारबाही चलाउने आईजीपीमाथि छानबिन गरी कारबाही होस् ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : ०० बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी