फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई दियो फाइटर जहाज « Khabarhub

फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई दियो फाइटर जहाज


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

किभ– फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई अत्याधुनिक लडाकु विमान दिएको छ । रुससँगको जारी लडाइका लागि फ्रान्सबाट मिराज २०००–५ लडाकु विमान र नेदरल्यान्ड्सबाट एफ–१६ लडाकु विमानहरू युक्रेनको सैन्य क्षमता बढेको जनाइएको छ ।

फ्रान्सेली रक्षा मन्त्री सेबास्टियन लेकोर्नुले एक्सको  एक पोस्टमा मिराज जेटहरूको स्थानान्तरणको पुष्टि गरेका छन् । उनले भने, ‘लडाकु विमानहरू युक्रेनी पाइलटहरूले उडान गरेका थिए, जसले फ्रान्समा महिनौँदेखि प्रशिक्षण गरिरहेका थिए।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत गर्मीमा युक्रेनलाई मिराज विमान दिने वाचा गरेका थिए। ‘युक्रेनी आकाश अधिक सुरक्षित हुँदैछ,’ रक्षामन्त्री रुस्तम उमरोभले फेसबुकमा एक पोस्टमा भनेका छन् ।

पहिलो फ्रान्सेली मिराज २०००–५ लडाकु विमान तथा नेदरल्याण्डबाट एफ– ३५ को आगमनलाई स्वागत गर्दै उमरोभले भने, ‘यी आधुनिक लडाकु विमानहरू युक्रेनमा आइपुगिसकेका छन् र चाँडै लडाई अभियानहरू सञ्चालन गर्न थाल्नेछन्, हाम्रो रक्षालाई बलियो बनाउँदै र रुसी आक्रमणको प्रभावकारी रूपमा सामना गर्ने हाम्रो क्षमता बढाउने छ ।’

युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई उनको नेतृत्व र समर्थनको लागि धन्यवाद दिएका छन ।

 ‘फ्रान्सका राष्ट्रपतिले आफ्नो वचन पुरा गर्नुभएको छ र हामी यसको कदर गर्छौं,’ जेलेन्स्कीले भने।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : ३५ बजे

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै : कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६