दोलखामा पीपीआरविरुद्ध भ्याक्सिन दिन सुरु  « Khabarhub

दोलखामा पीपीआरविरुद्ध भ्याक्सिन दिन सुरु 


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले बिहीबारदेखि जिल्लाका नौवटै स्थानीय तहमा पीपीआर भ्याक्सिन दिन थालेको छ।

कार्यालयले यस वर्ष दुई नगरपालिका र सात गाउँपालिकामा गरी एक १ लाख ९२ हजार चार सय भेडा बाख्रालाई  पीपीआर भ्याक्सिन दिन सुरु गरेको हो।कार्यालयले बिहीबार देखि भ्याक्सिन सहित ३२ जना भ्याक्सिननेटर (खोप कर्ता) खटाएर खोप कार्यक्रम सञ्चालन गरेको जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा कार्यालय दोलखाका प्रमुख एवं पशु चिकित्सक डा. ज्ञानबहादुर जिरेलले बताए।

जस अनुसार जिल्लाको भिमेश्वर नगरपालिका भित्रका २५ हजार भेडा बाख्रालाई पीपीआर भ्याक्सिन लगाईने छ भने,अन्य आठवटा पालिकामा एक पालिका बराबर २० हजार भेडा बाख्रालाई भ्याक्सिन लगाइने कार्यालय प्रमुख जिरेलले बताए। ३२ जना भ्याक्सिनेटर बिहीबारदेखि नै फिल्डमा पुगेर भ्याक्सिन दिन थालेको उनले बताए।

प्रमुख जिरेलले केही खोप कार्यालयमा स्टक रहेकाले नपुग भएका स्थानीय तहमा आवश्यकताका आधारमा वितरण गरिने समेत जानकारी दिए । उनले सुरुमा भिमेश्वर नगरपालिका २५ हजार सहित एक लाख ८५ हजार भ्याक्सिन सम्बन्धित पालिकामा पठाइएको बताए।सरकारले यो खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।

नेपाल सरकारले निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ । नेपाल सरकारले ०५८र२०५९ देखि राष्ट्रिय पीपीआर रोग नियन्त्रण कार्यक्रममार्फत बर्सेनि भेडा बाख्रामा खोप लगाउँदै आएको छ,’ उनले भने, पीपीआर भेडा बाख्रामा लाग्ने महामारी रोग हो।

नेपालमा यो रोगको सङ्क्रमण देखा परेदेखि पशुधनको व्यापक क्षति हुँदै आएको छ ।डेढ दशकअघि पहिलो पटक धनुषामा यो रोगको प्रकोप देखिएको थियो । त्यसपछि क्रमशः अन्य सबै जिल्लामा पनि देखा पर्न थालेको हो ।

यो भ्याक्सिन लगाएपछि एक वर्षसम्म खसी–बाख्राको इम्युनिटी पावर बढ्छ । जसले पीपीआर रोग लाग्न दिँदैन । रोगी भेडा बाख्रालाई भ्याक्सिन दिइँदैन । पीपीआर लागेका भेडा बाख्रामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँस नखाने र उग्राउन छाड्ने, आँखामा कचेरा लाग्ने र बाक्लो सिंगान बग्ने, निमोनिया हुने, पेटको बलले सास फेर्ने, गिजा र मुखभित्र घाउ देखिने र छेरौटी लाग्ने जस्ता लक्षण देखिने हुँदा खसी बाख्रा तथा भेडालाई अनिवार्य भ्याक्सिन लगाउनुपर्ने पशु सेवा कार्यालयका पशु प्राविधिक प्रकाश थापाले बताए।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : ३६ बजे

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै