डेंगुको निःशुल्क परीक्षणका लागि ५ सय थान किट हस्तान्तरण | Khabarhub Khabarhub

डेंगुको निःशुल्क परीक्षणका लागि ५ सय थान किट हस्तान्तरण


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– देशैभर डेंगुको प्रकोप बढिरहेका बेला चितवनमा व्यवसायीले ५ सय थान डेंगु परीक्षण गर्ने किट उपलब्ध गराएका छन् । उनीहरुले विपन्न गरीब बिरामीको उपचारका लागि निःशुल्क रुपमा डेंगु किट उपलब्ध गराएका हुन् ।

व्यवसायी तथा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेशकुमार चुके र उनकी श्रीमती सन्ध्या लक्ष्मीले संयुक्त रुपमा १ लाख ४० हजार मूल्यको उक्त किट उपलब्ध गराएका हुन् ।

भरतपुर अस्पतालमा उपचार गर्न आउने विपन्न बिरामीको सहयोगका लागि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तीवारीलाई सो किट हस्तान्तरण गरिएको चुकेले जानकारी दिए । अहिले डेंगु फैलिएको भन्दै गरीब बिरामीको निःशुल्क रुपमा उपचार गर्न सहयोगी मनहरुको खाँचो रहेको सो सामग्री हस्तान्तरण कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

चुके गणेशधाम संरक्षण सम्बर्द्धन  समितिका अध्यक्ष समेत हुन् । उनले हरेक वर्ष विपन्न विद्यार्थीलाई सहयोग गर्दै आएको पनि बताए ।

चितवनका प्रजिअ जीतेन्द्र बस्नेतले चुके दम्पतीले सरकारको अभियानलाई सहयोग पुग्ने जनहित कार्य गरेको बताए । साथै सोही अवसरमा प्रेम सुपर मार्केटका सञ्चालक प्रेमकुमार श्रेष्ठले १०० वटा किट उपलब्ध गराए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : १० बजे

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण