हमासले भोलि थप तीन बन्दीलाई छाड्ने « Khabarhub

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा लिएका थप तीन बन्दीलाई छाड्ने भएको छ ।

युद्धविराम सम्झौताअनुसार इजरायलमा रहेका प्यालेस्टाइनी रिहाइको बदलामा थप तीन बन्दी रिहा गर्न लागिएको हमासले जनाएको हो ।

हमासले अन्तरराष्ट्रिय रेडक्रसलाई बुझाउन लागेका यी तीनै बन्दी इजरायली हुन्‌ । एली साराबी, वहद बेन अमी र ओर लेभी नाम गरेका ती बन्धकलाई हमासले शनिबार गाजापट्टीमा एक समारोह आयोजना गरी मुक्त गर्नेछ ।

यी इजरायलीलाई हमासले सन्‌ २०२३ अक्टोबर ७ मा अन्तरसीमा आक्रमण गरी नोभा म्यूजिक फेस्टिबल स्थलबाट नियन्त्रणमा लिएको थियो ।

हमासनिकट मिडियाका अनुसार यी तीन बन्दीबापत इजरायलले कम्तिमा १८३ प्यालेस्टाइनी बन्दीलाई मुक्त गर्ने अपेक्षा छ । यी मध्ये १८ लाई इजरायलले मृत्युदण्ड सुनाएको छ । ५४ लाई लामो जेल सजाय र १११ जनालाई युद्ध दौरान इजरायलले गाजापट्टीबाटै पक्राउ गरेको थियो ।

हमासकै नियन्त्रणमा रहेका नेपालका विपीन जोशीको अवस्था या रिहाइबारे भने प्यालेस्टाइन र इजरायली दुबै पक्षले हालसम्म कुनै जानकारी दिएका छैनन् ।

नेपालकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले रिहाइका लागि पहल गरिरहेको बताए पनि इजरायली स्रोतले आफूहरूले नेपाललाई अन्य कूटनीतिक च्यानल प्रयोग गर्न भनेको, तर त्यसो गरेको नपाइएको जनाइसकेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ११ : ४८ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ