सिभिल बैंकले ल्यायो ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना « Khabarhub

सिभिल बैंकले ल्यायो ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ ।

बचत र मुद्दतीको समायोजन गरी बनाइएको  एन्यूटी डिपोजिट योजना अन्तर्गत बचतकर्ताले भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाइएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्न सकिनेछ ।

सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने बैंकले जनाएको छ । न्यूनतम मौज्दात रु १,०००।– बाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने जनाइएको छ ।

१ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउने बैंकले विश्वास लिएको छ । ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाइनेछ ।

सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ४४ बजे

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’