सिभिल बैंकले ल्यायो ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना | Khabarhub Khabarhub

सिभिल बैंकले ल्यायो ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ ।

बचत र मुद्दतीको समायोजन गरी बनाइएको  एन्यूटी डिपोजिट योजना अन्तर्गत बचतकर्ताले भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाइएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्न सकिनेछ ।

सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने बैंकले जनाएको छ । न्यूनतम मौज्दात रु १,०००।– बाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने जनाइएको छ ।

१ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउने बैंकले विश्वास लिएको छ । ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाइनेछ ।

सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ४४ बजे

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ