इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता सम्पन्न « Khabarhub

इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता सम्पन्न


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौमा ज्ञान संस्कार इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता सम्पन्न भएको छ । 

शनिबार प्रतियोगितामा ४ देखि १४ वर्षका बालबालिकाकालाई छ वटा उमेर समूहमा राखेर प्रतियोगिता गराइएको थियो । २०० बालबालिका सहभागी सो प्रतियोगितामा क्रमश प्रि स्कुलतर्फ ज्ञान संस्कारका छात्रा त्रृसा बजगाईँ, छात्रमा अनेबल किड्स स्कुलका प्रियान्स श्रेष्ठ,  अन्डर ६ ब्वाइजमा श्री शिव स्कुलका सात्स्वतराज बिडारी, छात्रातर्फ ज्ञान संस्कारकै स्वोरा खनाल, ६ देखि ८ उमेर समूहमा ज्ञान संस्कारका छात्रातर्फ आर्या कार्की, छात्रतर्फ श्री शिव स्कुलका केन्जो राई प्रथम भएको स्कुलका प्रधानाध्यापक निलम बाँनिया बडुले बताइन् ।

यस्तै ८ देखि १० वर्ष उमेर समूहमा ज्ञान संस्कारका छात्रातर्फ जियना अर्याल, छात्रमा श्री शिव स्कुलका  राजमान गुरुङ, १० देखि १२ वर्ष उमेर समूहको प्रतियोगितामा छात्रातर्फ श्री शिव स्कुलका आशिया तामाङ, छात्रतर्फ एसिया प्यासेभिक स्कुलका प्रिन्स श्रेष्ठ, १२ देखि १४ वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कार स्कूलका सान्भी श्रेष्ठ, छात्रतर्फ अलकपुरी स्कुलका अमन चौधरी प्रथम भएका छन् ।

स्कुलतर्फ आयोजक ज्ञान संस्कार इन्टर स्कूलले ६१ अंक ल्याएर प्रथम हुन सफल भएको छ । यस्तै गरेर श्रीशिव स्कुलले २७ अंक पाएर दोस्रो र अलकापुरीले ७ अंक पाएर तेस्रो हुन सफल भए । 

ज्ञान संस्कार इन्टर स्कुल र नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका २७ वटा विद्यालयको सहभागिता रहेको थियो । 

सो प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विद्यालयस्तरबाट उठ्न खोजेको यो खेलबाट नेपाली खेलाडीले ओलम्पिकमा मेडल जित्ने विश्वास व्यक्त गरे। उनले नयाँ खेल भएकोले बालबालिकाको रोजाइमा परेको र अनलाइनमा रम्ने लत छुट्टाएको बताउँदै विद्यालयले यो खेल आयोजना गर्नु खुसीको कुरा भएको बताए।

सो अवसरमा बोल्दै नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले प्रतियोगिताले विद्यालय स्तरमा सञ्चालन हुने स्केटिङलाई विशेष उत्साह जगाउने कुरामा हामीलाई विश्वास लागेको बताए

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमलाले प्रतियोगितामा प्रथम, दितीय र तृतीय हुने खेलाडीलाई ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : ३७ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट