हङकङको पानीजहाजले समुद्रमुनि बिछ्याइएको तार काटेपछि… « Khabarhub

हङकङको पानीजहाजले समुद्रमुनि बिछ्याइएको तार काटेपछि…


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङको मालवाहक पानीजहाजले ताइवानको टेलिकम तारमा क्षति पु¥याएपछि समुद्रमुनि बिछ्याइएका तारको सुरक्षाबारे चिन्ता उत्पन्न छ । गत जनवरी ३ का दिन किलुङ क्षेत्रको समुद्रमुनि बिछ्याइएको चुङ्ग्वा टेलिकमको तार चुँडिएको थियो ।

आफ्नो कम्पनीको तार चुँडिएपछि चुङ्ग्वाले तटरक्षक बललाई खबर गरेको थियो । तार चुँडिएको खबर प्राप्त भएपछि यसबारे छानबिन गर्न खटिएको तटरक्षक बलका जहाजले नजिकै हङकङको शुनछिन ३९ नामक मालवाहक पानीजहाज फेला पारेको थियो ।

जहाजको रिपोर्टअनुसार त्यसबेला तार चुँडिएको क्षेत्रमा शुनछिन ३९ ले आफ्नो एङ्कर झारेको पाइएको थियो ।

गत डिसेम्बर १ यता उत्तरी ताइवानको जलक्षेत्रमा उक्त जहाजले बारम्बार आवतजावत गर्दै आएको द सिंगापुर पोस्टले जनाएको छ । ताइवानी अधिकारीहरुले यस घटनालाई शंकास्पद ठानेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ०१ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा