५० हजार दक्ष भारतीय लैजाने विषयमा जापानसँग छलफल भइरहेको छ : राजदूत जर्ज « Khabarhub

५० हजार दक्ष भारतीय लैजाने विषयमा जापानसँग छलफल भइरहेको छ : राजदूत जर्ज


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५० हजार दक्ष भारतीय युवालाई जापान लैजाने विषयमा दुई मुलुकबीच छलफल भइरहेको जापानका लागि भारतीय राजदूत सिबी जर्जले बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा राजदूत जर्जले अबका केही वर्षभत्रि ५० हजार दक्ष भारतीय युवालाई लैजान जापान सकारात्मक रहेको जनाएका हुन् ।

उनले भारतमा रहेका जापानी कम्पनीको संख्या हाल १५ सय रहेकोमा त्यसलाई बढाएर १५ हजार पु-याउने लक्ष्य रहेको समेत उल्लेख गरे । एएनआईसँगको कुराकानीका क्रममा दुई मुलुकबीचको सम्बन्ध उत्कृष्ट रहेको बताउँदै उनले यस सम्बन्ध जनस्तरमा पनि विस्तार भइरहेको जानकारी दिए ।

उनले सुरक्षा र समृद्धिका लागि दुबै मुलुकको धारणा समान रहेको समेत टिप्पणी गरे । यसका साथै चाँडै जापानबाट भारतमा उच्चस्तरीय भ्रमण हुने सम्भावना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै