चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा | Khabarhub Khabarhub

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँ, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरी काठमाडौंमा सोमबारबाट एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री कक्ष भवनमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ सञ्चालनमा ल्याएको हो ।

कार्तिक १७ गतेसम्म सञ्चालन हुने उक्त पसल देशको मुख्यमुख्य सहरमा पनि सञ्चालन हुनेछन् । ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । पनिरमा भने प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए ।

त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको पनि साल्ट ट्रेडिङका ब्रेजेशकुमार झाले जानकारी दिए ।

साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ भने देशका मुख्यमुख्य सहरहरुमा गरी जम्मा ३४ वटा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ३९ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा