विश्वका नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह | Khabarhub Khabarhub

विश्वका नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेनसी – एचआइभीको परीक्षण गरेको भिडियो सार्वजनिक गर्दै बेलायती प्रधानमन्त्री तथा जी–७ राष्ट्रका नेता केइर स्टार्मरले विश्वका अन्य नेतालाई एचआईभी परीक्षण गर्न आग्रह गरेका छन् । नेताले परीक्षण गर्दा यसको प्रभाव सहजै जनतामा पर्ने र उनीहरूले पनि यसलाई पछ्याउने उनको धारणा रहेको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयले एचआईभी परीक्षणलाई प्रोत्साहित गर्न एक हप्ता लामो राष्ट्रव्यापी पहलको समर्थनमा स्टार्मरले शुक्रबार डाउनिङ स्ट्रिटमा ‘र्‍यापिड होम टेस्ट’ पूरा गरेको फुटेज सोमबार सार्वजनिक गरेको थियो।

युके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) का अनुसार इङ्ग्ल्याण्डमा अनुमानित चार हजार ७०० व्यक्ति एचआईभी सङ्क्रमित भएर बाँचिरहेका छन्।

स्टार्मरले डिसेम्बरमा आफ्नो सरकारले सन् २०३० सम्ममा इङ्ल्यान्डमा नयाँ एचआईभी केसहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ ‘एचआईभी कार्य योजना’ ले यस वर्षको अन्त्यमा प्रकाशित हुने लक्ष्यलाई कसरी पूरा गर्नेछ भनेर वर्णन गरेको थियो।

टेरेन्स हिगिन्स ट्रस्टद्वारा प्रदान गरिएको र स्वास्थ्य र सामाजिक हेरचाह विभागद्वारा वित्त पोषित एक हप्ता लामो परीक्षण पहल, २०१२ देखि इङ्गल्याण्डमा वर्षेनी चलिरहेको छ।

बेलायतमा यो हप्ताभरी राष्ट्रव्यापी रूपमा कसैले पनि निःशुल्क एचआईभी परीक्षणको माग गर्न सक्दछ र माग अनुसार घरमा नै आफ्नो परीक्षण गर्न मिल्ने दुई प्रकारका एचआइभी परीक्षण किटहरू उपलब्ध हुनेछन् । 

एउटाले १५ मिनेटभित्र नतिजा दिन्छ भने अर्को ‘सेल्फ स्याम्पलिङ’ किटलाई नतिजाका लागि प्रयोगशालामा पठाउन सकिन्छ। यसले भिरिङ्गी (सिफलिस) को पनि परीक्षण गर्न सकिन्छ । 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ४ : २२ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने