अर्जुन ट्रफीको उपाधि अत्तरियालाई, डडेलधुरा ३४ रनले पराजित « Khabarhub

अर्जुन ट्रफीको उपाधि अत्तरियालाई, डडेलधुरा ३४ रनले पराजित


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

धनगढी – अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि अत्तरियाले जितेको छ । धनगढीको फाप्लामा सोमवार फाइनलमा फेण्ड्स क्लब डडेलधुरालाई स्तब्ध पार्दै सीबाईसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३४ रनले डडेलधुरालाई पराजित गर्दै अत्तरियाले उपाधि जितेको छ । 

जितका लागि ११९ रनका मध्यम स्कोर पछ्याउने क्रममा डडेलधुरा १८ ओभरमा अलआउट हुँदै ८४ रन मात्रै बनायो । ११९ रनको लक्ष्य पछ्याउन क्रममा डडेलधुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए । यस्तै कुशल भुर्तेलले २०, अशोक धामीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंकको रन बनाउन सकेनन् ।

डडेलधुरालाई लक्ष्यमा पुग्नको लागि रोक्न अत्तरियाका साहब आलम र दीपेश कँडेलले समान ३÷३ विकेट लिएका थिए । त्यस्तै कमल गुप्ता र विवेक यादवले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । अत्तरियाका लागि रसिद खानले सर्वाधिक ३१ रन बनाएका थिए । त्यस्तै सन्तोष कार्की र शंकर रानाले समान २०–२० रन बनाउँदा सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११, भीम सार्कीले १० रन बनाए ।

डडेलधुराका लागि अभिषेक गौतमले ४ विकेट लिएका थिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले पनि एक एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । 

प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । यो सुदूरपश्चिममा आयोजना गरेको सर्वाधिक धनराशीको प्रतियोगिता हो । धनगढीमा यस अघि धनगढी प्रिमियम लिग सञ्चालन भएको थियो । त्यसपछिको सर्वाधिक चर्चाको आयोजना पनि हो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ११ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण