यस्तो बन्यो ‘ताण्डवम्’को ट्रेलर « Khabarhub

यस्तो बन्यो ‘ताण्डवम्’को ट्रेलर


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जुनिम गहतराजको निर्देशन रहेको फिल्म ‘ताण्डवम्’को ट्रेलर रिलिज गरिएको छ । काठमाडौंको जमलस्थित एक फिल्म हलमा सोमबार आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भइरहेका फिल्मभन्दा भिन्न देखिन्छ ।

निर्माण पक्षका अनुसार यो फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो । कथा खुल्ने भएकाले ट्रेलरमा धेरै कुरा अटाउन नसकिएको बताए ।

उनले भने, ‘हाम्रो फिल्ममा सन्सपेन्स खुराक धेरै छ । कथा खुल्ने डरले ट्रेलरमा राख्नुपर्ने विषय पनि राखेका छैनौं ।’

दर्शक हलमा पुगेपछि निराश हुनु नपर्ने गरी फिल्म निर्माण गरेको निर्देशक गहतराजको दाबी छ ।

यो फिल्म महाशिवरात्रि लक्षित गरी फागुन ९ गतेबाट प्रदर्शनमा राखिएको छ ।

फिल्मा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । चल्तीका स्टारलाई नलिइ गहतराजले फिल्म निर्माण गरेका छन् ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोको सहकार्यमा फिल्म निर्माण गरेको हो । यसका निर्माताहरु धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०२ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई