फिल्म ‘लाज शरणम्’मा बालेन्द्रको १० वर्ष पूरानो गीत « Khabarhub

फिल्म ‘लाज शरणम्’मा बालेन्द्रको १० वर्ष पूरानो गीत


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापर बालेन उर्फ बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि गायनमा सक्रिय छैनन् । उनी व्यवसायिकरुपमा सांगीतिक प्रस्तुति दिन पनि मञ्चमा उक्लिएका छैनन् ।

टेलिसियरल ‘सक्किगोनि’को टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’मा भने बालेनको गीत समावेश हुने भएको छ । उनको ‘नेपाल हाँसेको’ शीर्षकको गीत फिल्ममा समावेश हुने भएको हो ।

यो गीत बालेन्द्रले १० वर्ष अघि सार्वजनिक गरेका हुन्। उक्त गीतलाई बालेनलाई पुन: रेकर्ड गराएका हुन् ।

‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिषा निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।

बालेन अहिले लोकप्रियताको उत्कर्षमा छन् । उनका स-साना गतिविधि पनि चासोको विषय बन्ने गरेका छन् । उनको स्वर रहेको गीत फिल्ममा राख्दा प्रचारमा सहयोग पुग्ने निर्माण पक्षको अपेक्षा छ ।

‘लाज शरणम्’को केन्द्रीय भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । फागुन १४ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक कुमार कट्टेल हुन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ र रामनरेश शाह हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा