फिल्म ‘लाज शरणम्’मा बालेन्द्रको १० वर्ष पूरानो गीत « Khabarhub

फिल्म ‘लाज शरणम्’मा बालेन्द्रको १० वर्ष पूरानो गीत


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापर बालेन उर्फ बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि गायनमा सक्रिय छैनन् । उनी व्यवसायिकरुपमा सांगीतिक प्रस्तुति दिन पनि मञ्चमा उक्लिएका छैनन् ।

टेलिसियरल ‘सक्किगोनि’को टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’मा भने बालेनको गीत समावेश हुने भएको छ । उनको ‘नेपाल हाँसेको’ शीर्षकको गीत फिल्ममा समावेश हुने भएको हो ।

यो गीत बालेन्द्रले १० वर्ष अघि सार्वजनिक गरेका हुन्। उक्त गीतलाई बालेनलाई पुन: रेकर्ड गराएका हुन् ।

‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिषा निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।

बालेन अहिले लोकप्रियताको उत्कर्षमा छन् । उनका स-साना गतिविधि पनि चासोको विषय बन्ने गरेका छन् । उनको स्वर रहेको गीत फिल्ममा राख्दा प्रचारमा सहयोग पुग्ने निर्माण पक्षको अपेक्षा छ ।

‘लाज शरणम्’को केन्द्रीय भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । फागुन १४ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक कुमार कट्टेल हुन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ र रामनरेश शाह हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै