समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड    « Khabarhub

समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड   


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरूमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुखहरूलाई मंगलबार मन्त्रालयमा बोलाएर उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका हुन् । 

छलफलमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ सहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराएका थिए । 

समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गीकरण गरेर कानुनसम्मत समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए । 

उनले मन्त्रालयले सहजीकरण गर्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागीय प्रमुखहरूलाई ध्यानाकर्षण गराए ।

‘आयोजनामा भएको समस्या के हो रु र समाधानको उपाय के हुनसक्छ रु समस्या देखाउने मात्र नभई समाधानको विकल्पसहित तयारी गर्नुस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कार्यान्वयनमा लैजान नसक्ने काम छ भने त्यसमा के गर्ने कानुनसम्मत टुंगोमा पुग्नुपर्छ । काम गरिरहेको तर पूरा गर्न नसक्नेलाई मौका दिन सकिन्छ । तर, ठेक्का लिएर समय थप पछि थप मात्र गर्ने काम अब नहोस् । परिणाम आउने गरी काम गर्नुपर्छ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ४३ बजे

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि