उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन : गृहमन्त्री लेखक | Khabarhub Khabarhub

उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन : गृहमन्त्री लेखक


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कमलामाई– गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभुति गर्नु नपर्ने बताएका छन् । उनले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताए।

सिन्धुली उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा एवं १५औँ जिल्ला अधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले निर्वाध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

“व्यवसायीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्छ । तपाईहरूमाथि कुनै पनि अवाञ्छित दबाब सिर्जना भएमा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनुस्, हामी निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्थाका लागि प्रतिबद्ध छौँ”, गृहमन्त्री लेखकले भने।

नेपालको वर्तमान आयात, निर्यात संरचनालाई हेर्दा उच्च व्यापार घाटामा रहेको देखिएकाले स्वदेशी उत्पादन प्रवर्द्धन गदैँ आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘देशभित्र स्थापित उद्योगलाई महत्व दिँदै निर्यात गरेर व्यापार घाटा घटाउनु आजको आवश्यकता हो, यसका लागि उद्योगी, व्यवसायीको भूमिका महत्वपूर्ण छ’, लेखकले भने, ‘व्यापार, वाणिज्य, उद्योग, व्यवसायको कुरा निजी क्षेत्रले सञ्चालन गर्छ, सरकारले त्यसमा सहजीकरण र सहयोगको भूमिका मात्रै निर्वाह गर्छ । त्यसमा हामी सधैँ गम्भीर छौँ ।’

उत्पादन तथा बजार प्रवर्द्धनका लागि स्थानीय उत्पादनको उचित मूल्य, प्रशोधन उद्योग स्थापना तथा आधुनिक प्रविधिको विकास, जुनारजस्ता कृषिजन्य उत्पादनको दीर्घकालीन भण्डारण तथा निर्यात बढाउने, कोल्डस्टोर स्थापना गर्ने र अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन सरकारको सधैँ सहयोग रहने पनि उनले स्पष्ट उल्लेख गरे ।

गृहमन्त्री लेखकले व्यापारिक वातावरण सुनिश्चित गर्न कानुनसमेत संशोधन गरिएको बताउँदै सिन्धुलीको जुनारलगायत स्थानीय उत्पादनलाई राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन स्थानीय व्यवसायीलाई आग्रह गरे ।

यसैगरी उनले बाढीपहिरोका कारण भत्किएको बिपी राजमार्गको पुनःनिर्माण कार्य चाँडै प्रारम्भ गरिने र तत्काल गर्नुपर्ने कामसमेत गम्भीरताका साथ अगाडि बढाइएको जानकारी दिए।

आयोजक संस्थाका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले यहाँका व्यवसायीले भोग्नुपरेका समस्या र तिनको समाधानका लागि ध्यानाकर्षण गराएका थिए । उद्घाटन कार्यक्रम सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनलगायत अन्य प्रक्रिया अगाडि बढ्ने उनले बताए।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : ५२ बजे

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा