बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारीसहित ६ जना पक्राउ « Khabarhub

बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारीसहित ६ जना पक्राउ


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले सार्वजनिक गरेको छ।

मृतक शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

राईको टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : ५२ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा