प्रचण्डले अस्थिरता मच्चाउने प्रयास गरिरहेका छन् : प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

प्रचण्डले अस्थिरता मच्चाउने प्रयास गरिरहेका छन् : प्रदीप ज्ञवाली


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमको खेती गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। दाहाललाई लक्षित गर्दै उनले विकास हेरेर केही नेतालाई ‘ज्वरो आउने’ गरेको टिप्पणी गरे।

रौतहटको गरुडामा मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।

नेकपाको दुई तिहाइको सरकार भत्काउनेहरूले अहिले देशलाई अस्थिरतातिर लैजाने प्रयास गरिरहेकोले कांग्रेस पार्टीसँग मिलेर एमालेले स्थायी सरकार बनाएको उनले बताए।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा देशमा सबै ठिक र सरकार छोडेपछि जनतामाझ अनेक भ्रम पैदा गरिरहेको उनको आरोप छ ।

‘प्रचण्डकै अगुवाइमा कोशी प्रदेश नामाकरण गरिएको थियो तर अहिले उनी प्रधानमन्त्री नहुँदा नागरिकलाई जुधाउने काम गरिरहेका छन्,’ उनले भने ।

प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वापा सभापति रवि लामिछानेको सांसद पद जाँदा उपचुनाव भएको स्मरण गर्दै ज्ञवालीले अहिले प्रचण्डले एमाले–कांग्रेस मिलेर रविलाई फसाउने काम गरेको भनी रविलाई उचाल्ने काम प्रचण्डले गरिरहेको बताए।

‘नेपालमा ३७ वर्ष एमाले भूमिगत रहेको पार्टी हो। त्यसको आधा अवधि प्रतिपक्षमा रहँदा कुनै फरक परेन तर अहिले प्रचण्ड सता छोड्नेवितिकै छट्पटाए,’ उनले भने।

‘नेपालमा औसतमा १४ महिना मात्र कुनै पनि सरकार चल्ने गरेको छ, भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन्, चीनमा लामो समयदेखि एउटै प्रधानमन्त्री छन्, अनि त्यहाँको विकास भएको छ,’ ज्ञवालीले थपे।

प्रचण्ड र मधेशवादी पार्टीप्रति आक्रोसित मुद्रामा पेस भएका ज्ञवालीले माओवादीको १० वर्षे द्वन्द्वले देश पछाडि मात्रै गएको नभएर १७ हजार नेपालीको मृत्यु, हजारौं घाइते भएको देशको अवस्था सामान्य बनाउन २० वर्ष लागेको बताए।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ०८ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान