घानाको सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु « Khabarhub

घानाको सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घाना- सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् ।

देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ ।

“घटनामा परी मृत्यु हुनेको संख्या अहिले सम्म १६ पुगेको छ,” स्थानीय सरकारका एक जना नेता क्रिस्टोफर बौट्बीलले एएफपीलाई भन्नुभयो ।

दुर्घटना भएको सुन खानीको व्यवस्थापन पक्षका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

“क्षेत्रीय सुरक्षा परिषद् र जिल्ला सुरक्षा परिषद्का अधिकारीहरु आउदैछन्, उनीहरुसँगै हामी पनि स्थानीय समुदायसँग छलफलका लागि जादैछौँ, उनीहरुसँग छलफल गरेर हामीले सूचना संकलन गर्नेछाँै,” उहाँले भन्नुभयो ।

दुर्घटनामा पिडित भएकाहरु अवैध मजदुर रहेका छन्, उनीहरु कोही पनि उनीहरुको आधिकारीक कर्मचारी नभएको बताइएको छ

घाना अफ्रिकी क्षेत्रमा दोस्रो धेरै सुन उत्पादन गर्ने देश हो । यस उद्योगमा देशका अन्तर्राष्ट्रिय खेलाडीहरु पनि संलग्न भएको पाईन्छ ।

सुन खानीमा धेरै दिर्घकालिन समस्याहरु रहेकाले यस्ता दुर्घटनाहरु बेला बेलामा भइरहने गरेको अधिकारीहरुले बताएका छन् ।

यसअघि गत अप्रिलमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसैगरी सन् २०१७ को जुलाईमा पश्चिमी घानामा भएको दुर्घटनामा कम्तीमा २२ जना मारिएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ४ : ५६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र