टोल सुरक्षामा गाउँलेको गस्ती | Khabarhub Khabarhub

टोल सुरक्षामा गाउँलेको गस्ती


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका–८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासका बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन् ।

चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण गर्न गाउँलेकै सक्रियतामा रातभरि गस्ती थालिएको स्थानीय खगेन्द्र बजगाईले बताए । उनका अनुसार गस्ती शुरु गरिएपछि चोरीका घटनामा समेत नियन्त्रण आएको छ । गस्ती शुरु गरिएपछि सिङ्गो टोलवासीले राहत पाएको उनले बताए । गस्ती प्रभावकारी बनाउन स्थानीयले प्रहरी र वडा कार्यालयको समन्वयमा काम अगाडि बढाएको बजगाईंले बताए ।

गस्तीलाई निरन्तरता दिने सोच बनाइएको बताउँदै उनले बस्तीको सुरक्षा आफैँ गर्न यस्तो अभियान शुरु गरिएको जानकारी दिए। गस्तीका क्रममा हुन सक्ने आपराधिक कार्य नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरीसँग समन्वय गरिएको उनले बताए । टोलका युवासँग समन्वय गरी राति दैनिक १० बजेदेखि बिहानसम्म समूह बनाएर गाउँको गस्ती कार्य शुरु गर्ने गरी आएका छन् ।

गस्तीमा क्रममा टोलमा रातिपख हिँडडुल गर्ने शङ्कास्पद लागेकालाई नियन्त्रणमा लिई सोधपुछ गर्नुका साथै मदिरा सेवन गरी टोलमा होहल्ला गर्नेलाई पनि सम्झाइबुझाइ त्यस्तो नगर्न परामर्शसमेत दिँदै आएको जवेगुले बताए। विकास मार्ग टोलमा करीब १०० घर रहेका छन् । गस्ती गर्न अघि त्यस टोलमा दिनहुँजसो घरायसी समान चोरी हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ८ : २३ बजे

साउदीमा अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

काठमाडौं–  नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनीमा

बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि: यमाल बने नायक

काठमाडौं – लामिन यमाल छाएको खेलमा इस्पानियोललाई २-० ले हराउँदै

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन

गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा

पोखरा– गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको

कुलेखानी-कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं– प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज