एक वर्षमा चौध गैंडाको उद्धार « Khabarhub

एक वर्षमा चौध गैंडाको उद्धार


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ ।

मानवबस्तीमा नियमित पसेर धनजन तथा बालीको क्षति गर्ने र बाढीले बगाएका गैँडाको उद्धार गरी निकुन्जको मुख्य क्षेत्रमा छाडिएको हो । निकुञ्जको पश्चिम सेक्टरबाट बस्तीमा निस्केका र बाढीले बगाएका चार गैँडाको उद्धार गरेर निकुञ्जको पूर्वी सेक्टरमा छाडिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

निकुञ्जले यो अवधिमा भरतपुर महानगरपालिकाको मङ्गलपुर र रामपुर, नवलपरासीको सुस्ता र माडीबाट गैँडा नियन्त्रणमा लिएको हो । भरतपुर र माडीमा मानव बस्तीमा निरन्तर पस्न थालेपछि र धनजनको क्षति गर्न थालेपछि नियन्त्रणमा लिइएको हो । सुस्ताबाट बाढीले बगाएको गैँडालाई उद्धार गरी कसारा क्षेत्रमा छाडिएको थियो ।

“निकुञ्जको पूर्वी सेक्टरमा भन्दा पश्चिम सेक्टरमा गैँडा धेरै भेटिएको छ”, उनले भने “त्रिवेणीभन्दा माथि भएका गैँडालाई पूर्वी क्षेत्रमा सार्ने योजना बनाएका छौँ ।” यस वर्ष हुने गैँडा गणनापश्चात विभाग र प्राविधिकको सल्लाहअनुसार गैँडा सार्ने काम गरिने उनको भनाइ छ ।

हालको गैँडाको सङ्ख्यालाई आधार मान्ने हो भने अहिले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा सार्नु जरुरी देखिएको निकुञ्जले जनाएको छ । “कुनै पनि संरक्षित क्षेत्रको वन्यजन्तु सङ्ख्या धान्न सक्ने क्षमता (केरिङ क्यापासिटी) हुन्छ”, राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले भने, “पूर्वभन्दा पश्चिम सेक्टरमा धेरै गैँडा छन् ।” उनले बाढीका कारण पूर्वी क्षेत्रबाट बगाएर ल्याएका गैँडाको सङ्ख्या पश्चिम क्षेत्रमा बढेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ३ : २४ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ