दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० जना मजदुरको मृत्यु | Khabarhub Khabarhub

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० जना मजदुरको मृत्यु


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका छन् । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।

शुक्रबार मजदुरहरूको एक समूह हर्नाई जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटको चपेटामा परेको स्थानीय सरकारी अधिकारी सलिम तारीनले बताए । उनले ‘आइइडी विस्फोट’ भएको बताए ।

‘हर्नाई जिल्लामा भएको आक्रमणमा १० खानी मजदुरको मृत्यु भयो’, अर्का वरिष्ठ सरकारी अधिकारी शहजाद जहरीले भने ।

हर्नाई दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ ।

एक वक्तव्यमा प्रधानमन्त्री शाहबाज सरिफले ‘देशबाट आतङ्कवादको खतरालाई उन्मूलन गर्न सक्रिय रूपमा काम गर्ने’ आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन । यद्यपि बलुच लिबरेसन आर्मी (बिएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र प्रायः यो समूहले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू विरुद्ध घातक आक्रमण गर्दछ ।

बाहिरीहरूले पाकिस्तानको सबैभन्दा गरीब भागका बासिन्दाहरूलाई बाहिर राख्दै स्रोत–समृद्ध क्षेत्रको शोषण गरेको आरोप लगाउँदै समूहले विशेषगरी चीनबाट विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई लक्षित गरेको छ । 

यस महिनाको सुरुमा बलुचिस्तानको एक सहरमा सैनिक बोकेको सवारी साधनमाथि सडक अवरुद्ध गरेका ७० देखि ८० आक्रमणकारीले गोली प्रहार गरेका थिए ।

जनवरीमा भएको अर्को आक्रमणमा पाकिस्तानी अर्धसैनिक बलसहित कम्तीमा छ जनाका मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । दुवै आक्रमणको दाबी बिएलएले गरेको थियो ।

विश्लेषकहरूका अनुसार गत वर्ष यस क्षेत्रमा भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये एकमा बिएलए पृथकतावादी लडाकूहरूले जातीय पञ्जाबीहरूलाई लक्षित गरी ‘समन्वित’ आक्रमणहरूमा कम्तीमा ३९ जनाको हत्या गरेका थिए ।

सन् २०२१ मा काबुलमा अफगान तालिबान सत्तामा फर्केपछि पाकिस्तानको सीमावर्ती क्षेत्रहरूमा हिंसा बढेको छ ।

पाकिस्तानले तालिबान सरकारलाई अफगान भूमिबाट आक्रमण गर्ने आतङ्कवादीहरूलाई नष्ट गर्न असफल भएको आरोप लगाएको छ । उक्त आरोपलाई अफगानिस्तानले अस्वीकार गरेको छ ।

इस्लामावादस्थित विश्लेषण समूह सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष पाकिस्तानका लागि एक दशकमा सबैभन्दा घातक थियो । उक्त वर्ष प्रहरी वा सुरक्षा बलका छ सय ८५ सदस्यसहित एक हजार पाँच सयभन्दा बढी मानिस मारिएका थिए । रासस

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ४८ बजे

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, मानवअधिकार, शान्ति र सामाजिक

काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लोकतान्त्रिकरणका लागि

धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि

काभ्रे– स्वास्थ्य मन्त्री प्रदीप पौडेल बीमाबाट स्वास्थ्य उपचारसम्बन्धी पछिल्लो निर्णयबाट

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले