घ्यूको ग्यालेनभित्र साढे ११ किलो चरेससहित एक पक्राउ « Khabarhub

घ्यूको ग्यालेनभित्र साढे ११ किलो चरेससहित एक पक्राउ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन् ।

कर्णलाई शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

सवारीसाधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने सिलसिलामा अस्थायी प्रहरी पोष्ट इनर्वाको टोलीले नेपालबाट भारत जाँदै गरेका कर्णलाई बिहान १० बजे पक्राउ गरेको लम्सालले बताए ।

कर्णले रातो रंगको ग्यालेन बोकेका थिए। माथि घ्यू राखेर रातो प्लाष्टिकमा पोको पारी ग्यालेनभित्र ११ किलो ५०० ग्राम चरेस लुकाएर भारत लैजाँदै गरेको अवस्थामा कर्ण पक्राउ परेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

‘ग्यालिनभित्र साना-साना पोकैपोका भेटिएका छन्, पोकाभित्र चरेस फेला परेको छ,’ लम्सालले भने ।

कर्णले कहाँबाट चरेस ल्याएको भनी प्रहरीलाई स्पष्ट बताइसेका छैनन्। कर्णलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : ४१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार