नेपालमा टियागोइभी २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ?  « Khabarhub

नेपालमा टियागोइभी २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ? 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो इभी २०२५को बुकिङ्गको साथै डेलिभरी सुरु गरेको छ । टियागोइभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ। 

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवाल भन्छन्, ‘नेपालमा हाम्रा विद्धुतीय सवारीसाधनको सफलताले नयाँ २०२५ टियागोइभि  ल्याउन उत्प्रेरित गरेको हो । यस गाडीको आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन सजिलो हुने हुँदा लोकप्रियता बढिरहेको छ ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको अनुसार यो नेपाली बजारमा लोकप्रिय विद्धुतीय ह्याचब्याकको रूपमा स्थापित भइसकेको छ ।

कम्पनीका अनुसार नंया टियागोइभी २०२५ मोडलमा ग्राहकले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्छन् । सुरक्षाको दृस्टीकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरू यसमा छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ०९ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक